धादिङ,१६ बैशाख ।
धादिङमा बिहिबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप पुष्टि हुनेहरुमा नीलकण्ठ नगरपालिकाका २४, २८ ,३० ,४५ ,५० ,५६ वर्षीय पुरुष, २६ ,२६ वर्षीय महिला र ज्वालामुखी गाउँपालिकाका ३७ वर्षीय महिला रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । योसँगै जिल्लामा सक्रिय केशको संख्या १ सय २४ पुगेको छ । संक्रमित मध्ये ७३ जना जिल्ला भित्रका र ५१ जना जिल्ला बाहिरका बिभिन्न आईशोलसनमा रहेका छन् । हालसम्म जिल्लाभर कोरोना संक्रमित हुनेको सङ्ख्या भने १ हजार ६८८ पुगेको छ । जम्मा संक्रमित मध्ये १ हजार ७ जनाको धादिङमा स्वाव संकलन गरि परिक्षणको लागि पठाईएको र बाँकी ६ सय ८१ जनाको भने जिल्ला बाहिर गएर स्वाव परिक्षण गराउँदा पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । संक्रमणबाट जिल्लाका १७ जनाले ज्यान गुमाईसकेका छन् । जिल्लामा संक्रमण मूक्त हुनेको सङ्ख्या १ हजार ५ सय २८ रहेको छ ।
प्रतिक्रिया दिनुहोस