धादिङ बैशाख १५
नेपाल पत्रकार महासंघका नव निर्वाचित अध्यक्ष विपुल पोखरेलले पत्रकारहरुले आफ्नो सामाजिक मर्यादालाई र आचारसंहितालाई अनुशरण गरेर पत्रकारितामा जोडिन जुरुरी रहेको बताउनु भएको छ । पोखरेलले समाचार लेखेकै भरमा पत्रकारहरुलाई जेल हाल्ने प्रवृति कुनै पनि हालतमा स्वीकार्य नहुने भन्दै सरकारलाई यस्ता खाले गतिविधि बन्द गर्न आग्रह समेत गर्नुभभएको हो । बुधबार नेपाल पत्रकार महासंघ धादिङ शाखाका नव निर्वाचित कार्यसमितिको सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रममा बोल्दै पोखरेलले सो कुरा बताउनु भएको हो ।
चैत २५ गते भएको निर्वाचनमा निर्वाचित कार्यसमितिको बुधबार सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र, निवर्तमान कार्यसमितिलाई सम्मान तथा निर्वाचन प्रकृयामा सहयोग गर्ने कर्मचारी र निर्वाचन समितिलाई प्रशसांपत्र प्रदान गरिएको थियो ।
चैत २५ गते भएको निर्वाचनमा नेपाल पत्रकार महासंघ धादिङ शाखाको १८ सदस्यीय समितिको अध्यक्षमा रेडियो धादिङका स्टेशन म्यानेजर राजाराम शर्मा, उपाध्यक्षमा सानोबाबु तिमल्सिना, महिला उपाध्यक्षमा सरिता श्रेष्ठ, सचिवमा राम बहादुर ठकुरी, सहसचिवमा उपेन्द्र जमकट्टेल, र कोषाध्यक्षमा रेडियो बिहानीका स्टेशन म्यानेजर शिव प्रसाद देवकोटा (सन्जय) निर्वाचित हुनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस