धादिङ १५ वैशाख
भूकम्प पूनःनिर्माणको ६ वर्ष पुरा हुँदा पनि लाभग्राही सूचिमा नाम समावेश नभएको भन्दै धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ७ का भूकम्प पीडित लाभग्राहीहरुले बुधबार राष्ट्रिय पुर्ननिर्माण प्राधीकरण जिल्ला आयोजना कार्यान्वयन ईमाई धादिङमा ज्ञापन पत्र बुझाएका छन् । आफूहरु वास्तविक भूकम्प पीडित भएको तथा पूर्ण रुपमा घर क्षति भएकाले राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई धादिङलाई पटक पटक जानकारी गराएको र विभिन्न समयमा पुनरावेशन गर्दा पनि लाभग्राही सूचिमा नाम नपरेकाले बाध्य भएर आन्दोलनको प्रकृयामा जान परेको पीडितहरको गुनासो छ ।
भुकम्प पिडित लाभग्राहीको पटक पटक सर्भे गराएर राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई धादिङमा पठाउदा पनि सम्बन्धित निकायले कुनै पनि चासो नदिएको वडा नम्बर ७ का अध्यक्ष देवराज धरेलले बताउनु भयो ।
प्रत्येक समुदायमा गएर भुकम्प पिडितको सबै विवरण संकलन गरेको तर लामो समय सम्म पनि लाभग्राहीको सुचिमा नाम नआएकोले अन्तिम विकल्पको रुपमा ज्ञापन पत्र बुझाउन परेको धरेलको भनाई छ । बुधबार वडा नं. ७ का भूकम्प पीडितहरु र वडा अध्यक्षको पहलमा राष्ट्रिय पुर्ननिर्माण प्राधीकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ धादिङमा ज्ञापन पत्र बुझाएको हो ।
प्रतिक्रिया दिनुहोस