धादिङ,१५ बैशाख ।
धादिङमा बुधबार थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप पुष्टि हुनेहरुमा गल्छी गाउँपालिकाका २१ वर्षीय महिला, २८ वर्षीय पुरुष र स्वास्थ्य कार्यालय धादिङका प्रमुख डा.भुवन पौडेल सहित १० जना गरी थप १२ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । योसँगै जिल्लामा सक्रिय केशका संख्या १ सय १५ पुगेको छ । संक्रमित मध्ये ६६ जना जिल्ला भित्र र ४९ जना जिल्ला बाहिरका बिभिन्न आईशोलसनमा रहेका छन् । हालसम्म जिल्लाभर कोरोना संक्रमित हुनेको सङ्ख्या भने १ हजार ६ सय ७९ पुगेको छ । जम्मा संक्रमित मध्ये १ हजार जनाको धादिङमा स्वाव संकलन गरि परिक्षणको लागि पठाईएको र बाँकी ६ सय ७९ जनाको भने जिल्ला बाहिर गएर स्वाव परिक्षण गराउँदा पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको हो । संक्रमणबाट जिल्लाका १७ जनाले ज्यान गुमाईसकेका छन् । जिल्लामा संक्रमण मूक्त हुनेको सङ्ख्या १ हजार ५ सय २८ रहेको छ ।
प्रतिक्रिया दिनुहोस