धादिङ,१४ बैशाख ।
धादिङमा मंगलबार थप आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप पुष्टि हुनेहरुमा धुनीबेशी नगरपालिकाका २६ वर्षीय पुरुष, त्रिपुरासुन्दरी गाउँपालिकाका ४३ वर्षीय पुरुष, बेनिघाट रोराङका ५२ वर्षीय महिला, गंगाजुमनाका ३६ र ५९ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । यसैगरी नेत्रावती डवजोङ गाउँपालिकाका ६५ वर्षीय महिला, गजुरीका २३ वर्षीय पुरुष, सिद्धलेकका ५३ वर्षीय पुरुषमा समेत संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा सक्रिय केशको संख्या १०३ पुगेको छ । संक्रमित मध्ये ६२ जना जिल्ला भित्र र ४१ जना जिल्ला बाहिरका बिभिन्न आईशोलसनमा रहेका छन् । हालसम्म जिल्लाभर कोरोना संक्रमित हुनेको सङ्ख्या भने १ हजार ६ सय ६७ पुगेको छ ।जम्मा संक्रमित मध्ये नौ सय ८८ जनाको धादिङमा स्वाव संकलन गरि परिक्षणको लागि पठाईएको र बाँकी ६ सय ७९ जनाको भने जिल्ला बाहिर गएर स्वाव परिक्षण गराउँदा पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । संक्रमणबाट जिल्लाका १७ जनाले ज्यान गुमाएका छन् । जिल्लामा संक्रमण मूक्त हुनेको सङ्ख्या १ हजार ५ सय २८ रहेको छ ।
प्रतिक्रिया दिनुहोस