धादिङ,१४ बैशाख ।
धादिङ लगाएत नेपालभर कोरोना संक्रमणको दर बढ्दै गएपछि धादिङबेसीमा मंगलबार देखि ५० शैयाको अस्थायी कोभिड–१९ अस्पताल संचालनमा ल्याएको छ । कोभिड–१९ सम्बन्धि जिल्ला संकट व्यवस्थापन संचालन केन्द्रको निर्णय बमोजिम जिल्ला वन कार्यालयको नवनिर्मित भवनलाई जिल्ला अस्पताल धादिङले ५० शैयाको अस्थायी कोभिड–१९ अस्पतालको रुपमा संचालनमा ल्याएको जिल्ला अस्पताल धादिङका सुचना अधिकारी विक्रम वि.क ले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस