धादिङ १२ वैशाख
युवा शान्ति क्लब धादिङको अध्यक्षमा सविना पोखरेल निवार्चित हुनुभएको छ । विश्व शान्ति तथा एकीकृत परिवार संघ नेपाल शाखा कार्यालय धादिङले आइतबार उक्त क्लबको गठन गरेको हो । १९ सदस्यीय नव गठित क्लबको उपाध्यक्षमा उपाध्यक्षमा भवानी भट्टराई,सचिवमा दिपा अधिकारी, सह सचिवमा सरिता तामाङ, कोषाध्यक्षमा सर्मिला अर्याल र सह कोषाध्यक्षमा सुमन तामाङ निर्वाचित हुनभएको हो ।
यूवाहरुलाई सामाजिक कार्यमा लाग्न प्रेरित गर्ने र मानवीय सेवा भावको विकास गरी असल व्यक्ति निर्माण गर्ने, शान्तिका लागि विभिन्न सेवा कार्यक्रमहरु चलाउने उद्देश्यले गठन गरिएको विश्व शान्ति तथा एकीकृत परिवार संघ नेपाल धादिङ शाखाका प्रमुख दिपक सापकोटाले जानकारी गराउनु भयो । क्लबको सल्लाहकारहरुमा दिपक सापकोटा र चिकित्सा अधिकृत डा.सदीक्षा श्रेष्ठ चयन हुनभएको अध्यक्ष सविना पोखरेलले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस