धादिङ १२ वैशाख
धादिङको नीलकण्ठ नगरपालिका वडा नं.–२ को वडा कार्यालयको विषयमा बिबाद भएको छ । अस्थायी रुपमा बसाहामा सञ्चालन हुँदै आएको वडा कार्यालयको स्थायी भवन वडाका २ तिहाइ नागरिकलाई पायक पर्नेगरी भवनघरमा निर्माण गर्ने वडा समिति र नगर कार्यपालिकाको बैठकको सर्बसम्मत निणर्यलाई लत्याउँदै राजनैतिक स्वार्थका कारण नगर प्रमुख ढुङ्गानाले आफ्नै निर्णय उल्ट्याउँदै नगर कार्यपालिकाको बैठक र नगरसभामा एजेन्डा बिना नै बहुमतको आडमा निर्णय गर्दै पुनः बसाहमा कार्यालय भवन निर्माण गर्न खोजेपछि स्थानीयले बिरोध स्वरुप वडा कार्यालयको सामग्री भवनघर ल्याएका थिए ।
अस्थायी रुपमा बसाहमा वडा कार्यालय सञ्चालनमा आएता पनि स्थायी रुपमा वडाका २ तिहाई नागरिकलाई पायक पर्ने गरी भवन घर वडा कार्यालय बनाउने नगर कार्यपालिकाले मिति २०७६ साल श्रावण २८ गते सर्वसम्मत निर्णय गरेको थियो । सोही निर्णयका आधारमा ०७६ असोज १५ गते वडा कार्यालय भवन निर्माणका लागि ठेक्का लगाउने निर्णय नगरकार्यपालिकाको बैठकले ग¥यो । बैठककै निर्णयका आधारमा ०७६ मङ्सिर ६ गते तृष्णा कन्ट्रक्सनले ठेक्का पारी काम समेत सुरु गरेको थियो । काम सुरु गरेको १ वर्षसम्म भवन निर्माणमा कुनै प्रगति नदेखिएपछि वडा समितिले भवन निर्माण कार्यलाई अबिलम्ब अगाडि बढाउन नगरपालिकालाई अनुरोध गरेको थियो । वडाको अनुरोध र नगरकार्यपालिकाले सर्वसम्मतमा गरेको निर्णयलाई उल्ट्याउँदै मेयर ढुङ्गानाले एकाएक आफ्नो पार्टी नेपाली काङ्ग्रेसमा बसाहका केही व्यक्तिहरु प्रवेश गरेपछि बसाहमा नै स्थायी वडा कार्यालय निर्माण गर्ने बचन बद्धता दिएको बुझिएको छ । सोही बचनबद्धतालाई कार्यान्वयन गर्नकै लागि नगर कार्यपालिकाको निर्णय उल्ट्याउँदै एकाएक ढुङ्गानाले फाल्गुण ११ गते बसेको कार्यपालिका बैठकमा बिना एजेन्डा नै बहूमतको निर्णय गर्दै बसाह वडा कार्यालय राख्ने निर्णय गराएका थिए । यस्तै ०७७ फाल्गुण ११ २८ र २९ गते भएको नगरसभामा समेत ढुङ्गानाले बहूमतको दम्भ देखाउँदै बसाहलाई नै वडा कार्यालय कायम गर्ने निर्णय गराएका थिए ।
यस विषयमा बुझ्न खोज्दा यसो भन्छन् नगर प्रमुख भिम ढुङ्गाना, “वडाले बसाहमा नै वडा कार्यालय भवन बनाउनुपर्छ भनेर लिखित निर्णय सहित निवेदन पेस गरेकाले वडा समितिको निर्णयलाई कार्यान्वयन गर्नको लागि हामीले प्रकृया अगाडि बढाएका हौँ । शुक्रबार गुण्डागर्दी शैलीमा वडा कार्यालयका सामग्री जफलत गर्नु निन्दनीय छ ।”
“साविककै ठाउँ भवनघरमा वडा कार्यालय निर्माणका लागि प्रकृया अगाढि बढ्यो तर काम सुरुवात गरेको १ वर्षसम्म पनि कुनै प्रगति भएन त्यसपश्चात हामीले बसाहमा अस्थायी वडा कार्यालय निर्माणका लागि नगरपालिकामा निवेदन दिदा नगर प्रमुखले भवन घरमै कार्यालय निर्माण कार्य सुरु भएकाले अन्त सार्न नसकिने जवाफ दिनुभयो । हामीले पुनः वडा समितिको बैठक बस्दै मिति २०७७ साल माघ ७ गते साविककै स्थानमा भवन निर्माण प्रकृया अबिलम्ब सुरु गर्न नगरपालिकालाई अनुरोध सहित निवेदन पेश गरेका हौँ ।” अध्यक्ष गुरुङ थप भन्छन्, “भवन घर वडा कार्यालय हुँदा साबिकको साबिकको ३,४,६,८ र ९ करिब २ तिहाइ नागरिकलाई पाएक पर्छ । त्यसैले नागरिकहरुले स्वत स्फुर्त रुपमा शुक्रबारको बिद्रोह गरेका हुन् ।”
वडा कार्यालयको नाममा १ रोपनी ३ आना जग्गा भएको र निर्माण प्रकृया समेत अगाडि बढेको अवस्थामा मेयर ढुङ्गानाले बहूमतको दम्भ देखाउँदै राजनैतिक स्वार्थ पुरा गर्नकै लागि वडा कार्यालयको बारेमा बिबाद सिर्जना गरेको एक स्थानीयले नाम नबताउने सर्तमा हामीलाई जानकारी दिए ।
प्रमाणहरु
प्रतिक्रिया दिनुहोस