धादिङ,११ बैशाख ।
१५ औँ लोकतन्त्र दिवसको अवसरमा त्रिपुरासुन्दरी गाउँपालिका–२ स्थित आरुघाटमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शनिबार सम्पन्न भएको रक्तदान कार्यक्रममा १६ जना महिला र ६६ जना पुरुष गरि जम्मा ८२ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाका उपमन्त्री नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो । बिशालनगर ब्याडमिन्टन क्लबको आयोजना, शिवशक्ति टेडर्सको सहयोग र नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो । नेपाल रेडक्रस सोसाईटी रक्तसञ्चार सेवा केन्द्र धादिङले कोभिडको समयमा हुने चरम रगतको अभावलाई कम गर्नको निम्त विभिन्न मेला, महोत्सव, तथा सभाहरुमा रक्तदान कार्यक्रम संचालन गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस