धादिङ ०४ वैशाख
नेकपा(माओवादी केन्द्र) धादिङ पोखरा जनसम्पर्क मञ्चको नयाँ वर्ष २०७८ सालको शुभकामना आदान प्रदान तथा क्यालेन्डर विमोचन कार्यक्रम शनिबार पोखरामा सम्पन्न भएको छ । मञ्चका अध्यक्ष रमेश बहादुर सिंखडाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा(माओवादी केन्द्र) धादिङका अध्यक्ष विजय बुर्लाकोटीको प्रमुख आतिथ्यता, पार्टीका प्रदेश कमिटी सदस्य एवं नीलकण्ठ नगरपालिकाका उप प्रमुख मनराज भण्डारी र पार्टी प्रदेश कमिटी सदस्य कृष्ण गिरीको विशेष आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा विशेष अतिथिहरुले देशको वदलिदो राजनीति र पार्टीको आगामी कार्यदिशाको बारेमा सहभागीहरुलाई प्रशिक्षित गर्नुभएको थियो ।
कार्यक्रममा धादिङ जिल्ला स्थायी घर भइ पोखराका विभिन्न स्थानमा व्यापार व्यवसाय र तथा जीविकोपार्जन गर्दै आएका नेकपा(माओवादी केन्द्र) निकट नेता कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस