धादिङ ०४ वैशाख
नेकपा एमालेका नेपाल खनाल समूहका नेता तथा केन्द्रीय उपमहासचिव घनश्याम भुषालले कर्णालीमा भएको फ्लोर क्रसको मुख्य जिम्मेवार पार्टी अध्यक्ष केपि ओली नै भएको दाबी गरेका छन् । शनिबार एमाले नेपाल खनाल समूहको समानान्तर जिल्ला कमिटी घोषणा गर्न धादिङ आएका भुषालले लोकतान्त्रिक संसदीय व्यवस्थामा फ्लोर क्रस गर्नु मर्यादापूर्ण नमानिएता पनि प्रधानमन्त्री ओलीका प्रतिगामी कदमका कारण उक्त दुर्घटना हुन गएको बताएका हुन् ।
घनश्याम भुषाल आवाज १
पत्रकारहरुसँग कुरा गर्दै नेता भुषालले ओलीलाई दबाब दिएर पार्टीबाट एक्ल्याएर कारबाही गर्नका लागि १ महिने वैचारिक तथा साङ्गठनिक अभियान सञ्चालन गरिरहेको बताउँदै पार्टी फुटको सुरुवात ओलीले नै गरेको बताउनु भयो ।
घनश्याम भुषाल आवाज २
यस्तै तत्काल माओवादीसँग पार्टी एकताको सम्भावना नरहेको बताउदै नेता भुषालले बाम एकताको पक्षमा रहेको बताउँदै माओवादीसँगको एकताको हल्ला ओली समूहले नै चलाएको र ओलीको पन्जाबाट पार्टीलाई मुक्त नगरी पार्टी एक हुन नसक्ने बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस