धादिङ ०४ वैशाख
नेकपा एमाले नेपाल खनाल समूहको धादिङ जिल्ला अध्यक्षमा शिवराज कंडेल चयन भएका छन् । शनिबार उक्त समूहको जिल्ला समितिको विस्तारित बैठकले कंडेलको अध्यक्षतामा १ सय ९१ सदस्यीय जिल्ला समिति निमार्ण गरेको हो ।
जसको उपाध्यक्षमा नारायण कार्की, सचिवमा सुवास खतिवडा, उपसचिवमा जीवन तामाङ रहनुभएको छ । शनिबार नेकपा एमालेका केन्द्रीय उपमहासचिव घनश्याम भुषालको प्रमुख आतिथ्यतामा जिल्लाको बैठब सम्पन्न भएको थियो ।
यस्तै शनिबार नै युवा संघ र अखिल नेपाल महिला संघको समेत जिल्ला कमिटी घोषणा गरिएको छ । महिला संघमा सीता ढुङ्गानाको अध्यक्षतामा १ सय ५१ सदस्यीय समिति निमार्ण गरिएको छ । जसको उपाध्यक्षमा भवानी सापकोटा र सविता तामाङ, सचिवमा भगवती तिवारी, सहसचिवमा कृष्ण कुमारी श्रेष्ठ, कोषाध्यक्षमा लक्ष्मी उप्रेती र कार्यालय सचिवमा गङ्गा तिमल्सिनालाई चयन गरेको छ ।
यस्तै युवा सघ जिल्ला समिति अध्यक्षमा प्रदिप फ्युवा, उपाध्यक्षमा समीर गुरुङ, सचिवमा प्रदिप श्रेष्ठ, उपसचिवमा हस्त बहादुर तामाङ र कोषाध्यक्षमा विनोद ढुङ्गाना चयन गरेको छ ।
प्रतिक्रिया दिनुहोस