धादिङ ०२ वैशाख
धादिङको नीलकण्ठ नगरपालिका वडा नं.–१४ धुवाकोटको टारमा साझा सुविधा केन्द्रको स्थापना गरिएको छ । बुधबार वडा अध्यक्ष फन्द्रा तामाङले केन्द्रको एक कार्यक्रमका बिच शिलान्यास गर्नुभएको हो । घरेलु तथा साना उद्योग विकास समिति बागमती प्रदेश धादिङको वार्षिक कार्यक्रम अनुसार तरकारी, हस्तकाला जस्ता स्थानीय स्थानीय उप्तादनहरुको प्रबद्र्धनको लागि टेवा पुग्ने उद्देश्यका साथ २ कोठे सुविधा केन्द्र स्थापना गर्न लागिएको हो ।
घरेलु तथा साना उद्योग विकास समिति धादिङको १० लाख लागतमा स्थापना हुन लागेको साझा सुविधा केन्द्रका लागि स्थानीय झम्कनारायण वस्तीले स्वर्गीय बुबा टङ्कनाथ वस्तीको सम्झनामा ४ आना जग्गा दान गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष तामाङले आफू निर्वाचित भएदेखि नै जनताको सेवा सुविधा र विकास निर्माणको काममा निरन्तर लागिरहेको बताउँदै भवन निर्माण पश्चात सञ्चालनका लागि स्थानीयहरुले जागरुकता देखाउनु पर्ने बताउनु भयो ।
यस्तै घरेलु तथा साना उद्योग विकास समिति धादिङका प्रमुख किशोर सापकोटाले स्थानीय कृषि, उद्योगजन्य उत्पादनहरु विक्रि वितरण प्रर्दशनका लागि पनि सहज हुने बताउनु भयो
प्रतिक्रिया दिनुहोस