धादिङ,०२ बैशाख
धादिङको ६८ वटा विद्यालयहरु राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनौटमा परेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बुधबार देशभरका ४ हजार २ सय ५० विद्यालयलाई छनौट गर्दा धादिङका ६८ विद्यालयहरु समेत छनौटमा परेका हुन् ।
धादिङको धुनीबेसी नगरपालिकाका २, नीलकण्ठ नगरपालिकाका ८, गंगाजमुना गाउँपालिकाका २, गजुरी गाउँपालिकाका ३, गल्छी गाउँपालिकाका १, ज्वालामुखी गाउँपालिकाका ८, थाक्रे गाउँपालिकाका ९, त्रिपुरासुन्दरी गाउँपालिकाका २, नेत्रावतीका ४, बेनीघाट रोराङका १, रुबीभ्यालीका ३ र सिद्धलेकका २५ विद्यालयहरु रहेका छन् भने यी सबै विद्यालयहरुमा बजेट समेत परेको छ ।
सरकारले विद्यालयहरुको छनौट गर्दै रु ५ अर्ब ६ करोड रुपियाँ विभिन्न कार्यक्रमका लागि बाडँफाडँ गरेको छ । यसरी छनौटमा परेका विद्यालयलाई रु ६ लाख ५० हजार देखि १ करोड रुपियाँसम्म उपलब्ध गराइएको छ ।
प्रतिक्रिया दिनुहोस