धादिङ ०१ बैशाख
मोफसलमा लोकप्रियता कमाएको धादिङ जिल्लाको पुरानो साप्ताहिक पत्रिका जनमुिक्तमार्ग सप्ताहिक पुनः प्रकाशनमा आएको छ । नव वर्ष २०७८ को अवसर पारी बुधबारबाट पत्रिका पुनःप्रकाशनमा आएको हो । सहिद स्मृति सञ्चार सहकारी संस्थाद्धारा पुनः प्रकाशनमा आएको पत्रिकाको बुधबार नेकपा(माओवादी केन्द्र) धादिङका अध्यक्ष विजय बुर्लाकोटी, संस्थाका अध्यक्ष एवं नीलकण्ठ नगरपालिकाका उप प्रमुख मनराज भण्डारी, धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्र बहादुर खत्री, निवर्तमान अध्यक्ष बोदनाथ दुवाडी लगायतले एकैसाथ सुभारम्भ गर्नुभएको हो ।
सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेडको आयोजनामा बुधबार नयाँ वर्ष २०७८ सालको शुभकामना आदान प्रदान शुभकामना आदान प्रदान तथा जनमुक्तिमार्ग साप्ताहिक पुनः प्रकाशन र २०७८ सालको क्यालेन्डर विमोचन कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा(माओवादी केन्द्र) धादिङका अध्यक्ष विजय बुर्लाकोटीले जनमुिक्तमार्ग सप्ताहिक पुनः सुरुवात गरेकोमा धन्यवाद दिदै नियमित पकाशनका लागि व्यवस्थापकीय पाटोमा ध्यान दिनुपर्ने सुझाव दिुनभयो । पत्रिकाको निरन्तरताका लागि पार्टीको तर्फबाट आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
संस्थाका अध्यक्ष एवं नीलकण्ठ नगरपालिकाका उपप्रमुख मनराज भण्डारीले जनमुक्तिमार्ग साप्ताहिक आवाज विहीनहरुको आवाज बनेर समाजका वास्तविक समस्यालाई उजागर गर्दै आम नागरिकहरुका सुसुचित गर्दै अगाडि बढ्नुपर्ने बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस