धादिङ ३१ चैत्र
दोस्रो अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा धादिङ बोर्डिङका सुगम गुरुङ र नीलकण्ठ माध्यमिक विद्यालयका अनिल गुरुङ प्रथम भएका छन् । तेक्वान्दो पुम्सेतर्फ १५ देखि १७ वर्ष उमेर समूहमा भएको प्रतिस्पर्धामा सुगम गुरुङ जुनियरतर्फ र अनिल गुरुङ सिनिएरतर्फ प्रथम भएका हुन् ।
इन्टरनेशनल मार्सलआर्ट एकेडेमी नेपालले आयोजना गरेको प्रतियोगितामा एडभान्स एकेडेमीका पावल तामाङले अन्डर ४५ केजि जुनियरतर्फ तृतीय स्थान हासिल गरेका छन् । यसैगरी धुनिबेसी तेक्वान्दो डोजाङका सुमित ढकाल ५० केजि तौल समूहमा द्धितीय र आर एन कुवर ३१ केजि सिनिएरतर्फ तृतीय भएका छन् ।
धादिङ जिल्लाबाट धुनिबेसी तेक्वान्दो डोजाङबाट १६ जना, धादिङ बोर्डिङबाट ६ जना, एडभान्स एकेडेमीबाट १ जना र नीलकण्ठ माविबाट २ जना प्रतियोगिको सहभागिता रहेको प्रशिक्षक सन्तोष श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस