धादिङ,३० चैत ।
धादिङमा सोमबार थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप पुष्टि हुनेहरुमा नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का ४० वर्षीय पुरुष र वडा नम्बर ८ का २५ वर्षीय महिला रहेको नीलकण्ठ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । सोमबार थपिएका दुई संक्रमित सँगै जिल्लामा सक्रिय केशको संख्या १० पुगेको र ती सबै आईसोलेशनमा रहेका छन् । हालसम्म जिल्लाभर कोरोना संक्रमित हुनेको सङ्ख्या भने १ हजार ५ सय ४८ पुगेको छ । जम्मा संक्रमित मध्ये ९ सय २० जनाको धादिङमा स्वाव संकलन गरि परिक्षणको लागि पठाईएको र बाँकी ६ सय २८ जनाको भने जिल्ला बाहिर गएर स्वाव परिक्षण गराउँदा पोजेटिभ देखिएको हो । संक्रमणबाट जिल्लाका १७ जनाले ज्यान गुमाएका छन् । सोमबार सम्मको तथ्याङ्क अनुसार धादिङमा ६ हजार ४ सय २१ जनाको पीसीआर परिक्षण भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।
प्रतिक्रिया दिनुहोस