धादिङ,२९ चैत ।
नीलकण्ठ नगरपालिकाभित्रका मेलमिलापकर्ताहरका लागि २ दिने पुनर्ताजगी तालिमसम्पन्न भएको छ । तालिमका नगर उपप्रमुख एवं न्यायिक समितिका संयोजक मनराज भण्डारीले आईतबार समापन गर्नुभएको हो । समापन गर्दै उपप्रमुख भण्डारीले मेलमिलाप केन्द्र स्थापना भईसकेकोले आउने सबै मुद्धाहरु वडाका मेलमिलाप केन्द्रमा पठाउने बताउनु भएको थियो । निर्णय गर्नको निम्ति आएका विवादहरु पनि पहिलो चरणमा पठाउने र यदि विवाद मिलाउन सकिएन भने मात्रै नगरपालिकाको न्यायिक समितिले हेर्ने बताउनु भएको छ ।
नगरपालिकाभित्रका १४ वटै वडामा मेलमिलाप केन्द्र स्थापना भई प्रत्येक वडामा २÷२ जना सूचिकृत मेलमिलापकर्ताहरु रहेका छन् । न्यायिक समितिले देवानी प्रकृतिका मुद्दाहरुलाई मेलमिलाप गराउन पाउने कानुनी व्यवस्था रहेको थियो । प्रशिक्षकद्धय उषा मल्ल पाठक र विष्णुमाया भुषालले तालिमको सहजीकरण गर्नुभएको थियो । न्यायिक समितिका संयोजक एवं नगर उपप्रमुख मनराज भण्डारीको अध्यक्षतामा सम्पन्न भएको तालिममा नीलकण्ठ नगरपालिका शिक्षा शाखा प्रमुख तुल बहादुर महत लगायत २४ जना मेलमिलापकर्ताहरुको सभागिता रहेको थियो । नीलकण्ठ नगरपालिकाको न्यायिक समितिमा हालसम्म ८२ वटा उजुरी परेकोमा ३९ वटा उजुरी फर्छौट गरिएको छ । समापनमा सहभागिहरुले तालिममा सिकेका कुराहरुको मद्धतले आ–आफ्नो वडामा गएर मेलमिलापका कार्यलाई थप विस्तार गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस