धादिङ,२९ चैत ।
उद्योगमा कार्यरत मजदुरहरुको आकस्मिक प्राथमिक उपचारमा गर्ने सीप तथा क्षमता विकास सम्बन्धी तीन दिने तालिम धादिङबेशीमा सम्पन्न भएको छ । आईतबार ईट्टा उद्योगको व्यवस्थापनका पदाधिकारीहरुको निम्ति ग्लोवल फियरनेश ईनिसियटिभ नेपालको आर्थिक सहयोग तथा प्रयास नेपाल धादिङले नेपाल रेडक्रस सोसाईटी धादिङ जिल्ला शाखाकोे समन्वयमा तालिम सञ्चालन गरेको हो । घाईते वा बिरामीलाई तत्काल उपलब्ध स्थानीय साधन र स्रोतहरुको प्रयोग गरी सुरक्षा नियमका आधारमा दक्ष चिकित्सा सेवा प्राप्त हुन नसकेको अवस्थासम्म जोखिमबाट कसरी जोगाउन सकिन्छ ? भन्ने जानकारी गराउने तालिमको उद्धेश्य रहेको प्रयास नेपाल धादिङका फिल्ड संयोजक सुनिता कडेलले जानकारी दिनुभयो । उक्त तालिममा १० जना उद्योग व्यवस्थापनका पदाधिकारी, निलकण्ठ बहुमुखि क्याम्पस र निलकण्ठ माध्यामिक विद्यालयबाट १० जना युवा रेडक्रस सर्कल सदस्यहरुको सहभागिता रहेको थियो । एउटा ईट्टा उद्योगमा १ सयदेखि ४ सयसम्म कामदारहरु दैनिक रुपमा काम गर्ने हुनाले उनीहरुको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दे प्राथमिक उपचार सम्बन्धी आधारभूत तालिम सुरु गरेको कडेंलले बताउनु भयो । तालिमको नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखाका उपमन्त्री नारायण कुमार श्रेष्ठ, प्रशिक्षक कृष्ण प्रसाद अधिकारी र प्रकास आचार्यले सहजीककरण गर्नुभएको थियो । बिहिबारदेखि सुरु भएको तालिम शनिबार सम्पन्न भएको हो । समापन तालिममा प्राथमिक उपचार सम्बन्धी व्यवहारिक र प्रयोगात्मक तालिमले उद्योगमा दुर्घटना भएको अवस्थामा प्राथमिक उपचार गर्न सहयोग पुग्ने एभरेस्ट ईट्टा उद्योगका उद्योगी पुष्पराज रेग्मीले बताउनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस