धादिङ २८ चैत्र
योङ कम्युनिष्ट लिग धादिङको संगठन विस्तार अभियान अन्तरगत शनिबार नीलकण्ठ नगरपालिका वडा नं. २ स्तरीय वडा कमिटी निर्माण गरिएको छ । शनिबार भेषराज बोहोराको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन गरेको छ ।
योङ कम्युनिष्ट लिग नीलकण्ठ नगरकमिटीका अध्यक्ष रेगन श्रेष्ठको अध्यक्षतामा भएको भेलामा नीलकण्ठ नगरपालिकाका उपप्रमुख मनराज भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो भने नेकपा माओवादी केन्द्र नीलकण्ठ नगर समिति अध्यक्ष दिपक विश्वकर्माको विशेष आतिथ्यता रहेको थियो । यस्तै कार्यक्रममा वडा अध्यक्ष ध्वज बहादुर गुरुङ, योङ कम्युनिष्ट लिग धादिङका अध्यक्ष राजाराम रिजाल लगायतको आतिथ्यता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस