धादिङ २८ चैत्र
संगीता कंडेलको संयोजकत्वमा अखिल नेपाल महिला संघ क्रान्तिकारी धादिङको ४५ सदस्यीय सम्मेलन आयोजक समिति निर्माण भएको छ । शनिबार धादिङबेसीमा अखिल नेपाल महिला संघ क्रान्तिकारीको केन्दीय उपाध्यक्ष विमला सुवेदीको प्रमुख आतिथ्यतामा बसेको भेलाले सो निर्णय गरेको हो ।
भेलालाई संबोधन गर्दै उपाध्यक्ष सुवेदीले जनयुद्ध, जनओन्दोलनको क्रममा महिलाहरुले गरेको योगदानले नै मुलुकमा परिवर्तन संभव भएको बताउनु भयो । यस्तै बागमती नेकपा माओवादी केन्द्रका नेता सालिकराम जम्कट्टेलले मुलुकको आमूल परिवर्तनमा महिलाहरुको भूमिका उच्च रहेको बताउँदै अधिकार प्राप्तिका लागि संर्घष गर्न आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस