धादिङ २८ चैत्र
नेकपा माओवादी केन्द्रका नेता एवं बागमती प्रदेश सभा सदस्य सालिकराम जम्कट्टेलले वर्तमान ओली सरकारले शिक्षकहरुको जायज माग सम्बोधन गर्न नसकेको बताउनु भएको छ । शनिबार एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति धादिङको दोस्रो जिल्ला परिषद भेलालाई सम्बोधन गर्दै नेता जम्कट्टेलले सो कुरा बताउनु भएको हो । सरकारले राहत, बाल विकासतर्फका शिक्षकहरुको समस्या हालसम्म पनि समाधान गर्न नसकेको भन्दै नेता जम्कट्टेलले ओली प्रवृतिका विरुद्ध लड्नुको बिकल्प नरहेको बताउनु भयो ।
यस्तै नेकपा माओवादी केन्द्र जबस फ्याक्सन इन्चार्ज तथा नीलकण्ठ नगरपालिकाका उपप्रमुख मनराज भण्डारीले प्रधानमन्त्री ओलीले आफू प्रधानमन्त्री बन्न र विद्यादेवी भण्डारीलाई राष्ट्रपति बनाउनको लागिमात्र पार्टी एकता गरेको बताउँदै ओलीको अहंकारले पार्टी एकता टुटेकाले क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुको बीचमा बृहत ध्र्रुवीकरण गर्न आवश्यक रहेको बताउनु भयो ।
“सम्पुर्ण मुक्तिकामी शिक्षकहरु एकजुट होऔं” भन्ने मूल नाराका साथ सम्पन्न दोस्रो जिल्ला परिषद भेलाको अध्यक्षता संगठनका अध्यक्ष खिल बहादुर धमलाले गर्नुभएको थियो भने प्रमुख अतिथिमा नेकपा माओवादी केन्द्रका नेता तथा बागमती प्रदेशका सांसद सालिकराम जम्कट्टेल, विशेष अतिथिमा एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय अध्यक्ष शंकर अधिकारी, नीलकण्ठ नगरपालिकाका उपप्रमुख मानराज भण्डारी लगाएत रहनुभएको थियो । कार्यक्रमकै अवसर पारी धादिङको शैक्षिक विकासमा योगदान पु¥याउने १६ जना शिक्षकहरुलाई सम्मान समेत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस