धादिङ,२७ चैत
दलित संघर्ष समिति धादिङले एक हप्तादेखि सुरु गर्दै आएको १२ बुदे माग सहितको शान्तिपूर्ण धर्ना शुक्रबार बाजागाजा सहित सम्पन्न गरेको छ । १२ कक्षासम्म निःशुल्क शिक्षा, विकास निर्माणमा सम्मानजनक अधिकार सहित पिछडिएका दलित, गरिब, विपन्न वर्गलाई राज्यले दिएको अधिकारको लगायतका मद्दाहरुको नीलकण्ठ माध्यमिक विद्यालय र नीलकण्ठ नगरपालिकाले अझैसम्म पनि समन्वय र कार्यान्वयन नगरेको भन्दै समितिले एक हप्तादेखि नगरपालिकामा धर्ना गर्दै आएको थियो ।
नीलकण्ठ माध्यमिक विद्यालयका दलित विद्यार्थीहरुले सुरु गरेको उक्त आन्दोलनमा नगरपालिकाभित्रका सबै वडाका दलित समुदायको उल्लेख्य सहभागिता रहेको थियो । धर्ना कार्यक्रममा सहभागिहरुले अझै पनि मागको सुनुवाई नभए आन्दोलनलाई थप शसक्त बनाउने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस