धादिङ,२५ चैत ।
ट्रान्सपरेन्सी ईन्टरनेश्नल नेपालद्ध्वारा धादिङमा संचालन गर्दै आएको भुकम्प पछि पुननिर्माण र पुर्नस्थापनमा सदाचार अपनाऔं कार्यक्रम (आईपिआरआर) परियोजनाको समापन गरिएको छ । मंगलबार धादिङमा एक कार्यक्रमका विच विगत ५ वर्षदेखी पुननिर्माणको क्षेत्रमा काम गर्दै आएको परियोजनाको समापन गरिएको हो । परियोजनाले लाभग्राहीहरुलाई सचेतीकरण, गुनासो संकलन, समुदाय स्तरमा सार्वजनिक सुनुवाई, अन्र्तरक्रिया छलफल, अवलोकनका लगायतका कार्यक्रमहरु गर्दै आएको थियो । कार्यक्रममा ट्रान्सपरेन्सी ईन्टरनेश्नल नेपाल धादिङ जिल्लाका संयोजक सानुबाबु तिमिल्सीनाले जिल्ला परियोजनाले गरेका कार्यक्रम, उपलब्धी तथा चुनौतीका विषयमा जानकारी गराउनुभएको थियो ।
त्यस्तै कार्यक्रममा सहभागीहरुले ट्रान्सपरेन्सीको कार्यक्रम प्रभावकारी भएको र सेवा प्रवाहमा पनि छिटो छरितो हुने गरेको बताएका थिए । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले सरकारी कार्यलयबाट हुने सेवा प्रवाहमा नागरिकको गुनासो अन्त्यका लागि कर्मचारी मात्र नभई नागरिक पनि उत्तिकै जिम्मेवार हुनुपर्ने बताउनुभएको थियो । ट्रान्सपरेन्सी ईन्टरनेश्नल नेपालका अध्यक्ष पद्मिनि प्रधानाङ्गले परियोजना संञ्चालनका, उद्देश्य लगायतका विषयमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा ट्रान्सपरेन्सी ईन्टरनेश्नल नेपालका वरिष्ठ अधिकृत वविता शर्मा, अनुदान व्यवस्थापन तथा स्थानिय पूर्वाधार धादिङका दिपेन्द्र पौडेल, जिल्ला आयोजना कार्यन्वन ईकाई शिक्षाका प्रमुख द्वारिका पोखरेल लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस