धादिङ,२४ चैत ।
दलित संघर्ष समिती धादिङले दोस्रो चरणको आन्दोलन अन्तर्गत नीलकण्ठ नगरपालिकामा मंगलबार १२ बुदे माग सहित १ घण्टे शान्तिपुर्ण धर्ना दिएको छ । १२ कक्षा सम्म निशुल्क शिक्षा, विकास निर्माणमा सम्मानजनक अधिकार सहित पिछडीएका दलित, गरिब, विपन्न वर्गलाइ राज्यले दिएको अधिकारको नीलकण्ठ मा. वि र नगरपालिकाले अझैसम्म पनि समन्वय र कार्यान्वयन नगरेको भन्दै मंगलबार शान्तिपुर्ण धर्ना दिएका हुन् ।
नीलकण्ठ स्कुल बाट जारी भएको उक्त विद्यार्थी आन्दोलनमा दलित संघर्ष समिती धादिङका दीपक विश्वकर्मा, गोपाल विश्वकर्मा, रामबहादुर बसेल ,साने सुनार, प्रकाश बिनायक, लक्षमण रम्तेल दलित जनप्रतिनिहरु सान्ता मग्राती कालीमाया रोक्का, सुन्दरीकुमारी परियार लगायत विद्यार्थी तथा अभिभावकहरुको सहभागीता रहेको थियो । उक्त धर्ना कार्यक्रममा सहभागिहरुले अब पनि हाम्रो मागको सुनुवाई नभए शसक्त रुपमा जिल्लास्तरमै आन्दोलन गर्ने चेतावनी दिएका छन्।
प्रतिक्रिया दिनुहोस