धादिङ २० चैत्र
अखिल क्रान्तिकारी धादिङको सम्मेलन यही जेठ महिनाभित्र हुने भएको छ । सम्मेलानका लागि उपेन्द्र जम्कट्टेलको संयोजकत्वमा ५३ सदस्यीय आयोजक समिति निर्माण गरेको हो । शुक्रबार बसेको सङ्गठनको बैठकले सबै स्थानीय तहमा भेला सम्मेलन सम्पन्न गर्दै जेठ महिनामा जिल्ला सम्मेलन गर्ने निर्णय गरेको संयोजक जम्कट्टेलले बताउनु भयो ।
सम्मेलनलाई चुस्त दुरुस्त बनाउनका लागि उपेन्द्र जम्कट्टेलकै संयोजकत्वमा ५ सदस्यीय कार्यालय टिम समेत निर्माण गरेको छ । साथै बैठकले विभिन्न स्थानीय तह र निर्वाचन क्षेत्रहरुमा संगठनको इन्चार्ज पनि तोकेको छ ।
प्रतिक्रिया दिनुहोस