धादिङ, २० चैत ।
६४ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा ४० जनाले रक्तदान गरेका छन् । शुक्रबार स्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा सम्पन्न भएको रक्तदान कार्यक्रममा १३ जना महिला र २७ जना पुरुष गरि जम्मा ४० जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाका उपमन्त्री नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो । स्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना, नीलकण्ठ नगरपालिकाको सहयोग तथा नेपाल रेडक्रस सोसाईटी रक्तसंचार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो । बढ्दो रगतको चरम अभावलाई कम गर्ने उद्धेश्यले नेपाल रेडक्रस सोसाईटी रक्तसंचार सेवा केन्द्र धादिङले विभिन्न मेला महोत्सव, विभिन्न संघसंस्थाको वार्षिक साधारण सभा लगाएतका कार्यक्रमहरुमा रक्तदान कार्यक्रम गर्दै आएको छ । यस्तै सोही कार्यक्रमको अवसरमा जिल्ला अस्पताल धादिङका विरामीहरुलाई फलफुल समेत वितरण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस