धादिङ २० चैत्र
धादिङ जिल्लाको दक्षिणी भेग अन्तर्गत पर्ने गजुरी गाउँपालिका स्थित गजुरी बजारमा चैत्र २३ देखि बैशाख २ गते सम्म प्रथम गजुरी महोत्सव हुने भएको छ । यही चैत्र १२ गतेदेखि हुने भनिएको महोत्सव अन्तिम अवस्थामा आएर स्थगित गरिएको थियो । महोत्सव मूल समारोह समितिका संयोजक सुमित श्रेष्ठले ११ दिन ढिला गरी महोत्सव सुरु गर्न लागिएको बताउदै सम्पूर्ण तयारी सकिएको जानकारी दिनुभयो ।
१०० वटा भन्दा बढी व्यापारिक स्टल तयारी अवस्थामा छन् महोत्सवमा हेलिकप्टबाट गोसाईकुण्ड दर्शन र धादिङका स्थानीय पर्यटकीय दृष्यावलोकन गर्नका लागि टिकट बुकिङ खुल्ला भैरहेको समेत संयोजक श्रेष्ठले बताउनु भयो ।
एक घर एक व्यवसाय भन्ने मूल नाराका साथमा साना तथा मझौला व्यवसायी महासंघ धादिङले आयोजना गर्ने यस महोत्सवमा घरेलु तथा मझौला उद्योगबाट उत्पादित वस्तुहरुको प्रदर्शनी, हेलिकप्टरबाट दृश्यालोकन, विभिन्न खेल तथा मनोरञ्ज, कृषि प्रदर्शनी रहेका छन् ।
प्रतिक्रिया दिनुहोस