धादिङ १८ चैत्र
बेनिघाट रोराङ गाउँपालिका वडा नं. २ चोतेसकी आगलागी पीडित जालीमाया चेपाङलाई घर निर्माणको लागि जस्ता तथा खाद्यान्न सहयोग गरिएको छ ।
बुधबार जर्मन बस्दै आएकी आशिका तामाङले आफ्नो छोराको जन्मदिनको अवसर पारी आशिका फाउन्डेशनमार्फत ६ फुटे १८ पाता जस्ता र नगद ३ हजार सहयोग गरेकी हुन् यस्तै स्थानीय तुलसी थापाले २ बोरा चामल र अन्य आवश्यक खाद्यान्न सहयोग गरेकी छिन् ।
वडा अध्यक्ष टंक थापाको रोहबरमा तत्कालीन जिल्ला विकास समिति उपसभापति उत्तम कडेंल, सामाजिक अभियन्ता तथा अधिकारकर्मी संगिता कंडेल, नेपाल चेपाङ संघका प्रतिनिधि तिलक चेपाङ, स्थानीय शिक्षक विष्णु थापा लगायतको उपस्थितिमा श्रीमान आइतराम चेपाङलाई सहयोग सामग्री हस्तान्तरण गरिएको तिलक चेपाङले जानकारी दिनुभयो ।
३५ वर्षीइ ३ सन्तान आमा जालीमाया चेपाङको हालसम्म पनि नागरिकता नबनेकाले राज्यबाट पाउने सेवा सुबिधाबाट बन्चित हुनुपरेको छ ।
यस्तै संसार अनलाइन टिभिले पनि चेपाङलाई खाद्यान्न सहयोग गरेको छ ।
प्रतिक्रिया दिनुहोस