धादिङ १८ चैत्र
प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड धादिङ शाखाले बिमित विकास उप्रेतीको मासिक आम्दानी सुविधा र बिमा शुल्क छुट सुविधा दाबी भुक्तानी कार्यक्रम सम्पन्न गरेको छ । आफ्ना बाबु बलराम उप्रेतीलाई प्रस्तावक राखी बिमा गराएका विकास उप्रेतीले बाबुको निधनपश्चात प्राप्त गर्ने मासिक आम्दानी सुविधा र वार्षिक बिमा शुल्क छुट सुविधा प्राप्त गरेका छन् ।
रु. ४ लाखको बिमा गराएका बिमित उप्रेतीले अब कम्पनीबाट मासिक बिमाङ्को २ प्रतिशत अर्थात ८ हजार प्राप्त गर्नेछन् भने बार्षिक रुपमा तिर्दै आएको बाकी बिमा शुल्क पनि छुट पाएको प्रभु लाईफ ईन्स्योरेन्स लिमिटेडको कार्यकारी अधिकृत नारायण प्रसाद पौडेलले बताउनु भयो ।
पौडेलले मानिसको जीवनमा अकस्मात् हुनसक्ने जोखिम लगाएत भावि बचतको लागि बीमा गर्नु आवश्यक रहेको बताउनु भएको थियो ।
२०७४ साल देखि संचालनमा आएको उक्त ईन्स्योरेन्सले छोटो समयमा सोचेको भन्दा राम्रो काम गर्न सफल भएको शाखा प्रमुख विष्णु ढुङगानाले बताउनु भएको थियो ।
प्रभु लाईफ ईन्स्योरेन्स लिमिटेडका शाखा प्रमुख विष्णु ढुङगानाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कार्यकारी अधिकृत नारायण प्रसाद पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै विशेष अतिथीहरुमा नीकलण्ठ नगरपािलका वडा नम्बर १२ का वडा अध्यक्ष बामुराम लम्साल, प्रमुख बजार व्यवस्थापक प्रयास श्रेष्ठ लगाएतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस