धादिङ १६ चैत्र
जनयुद्धका शहिदहरु अम्बिका बस्नेत(सरला) जितमान श्रेष्ठ(आकाश) र शान्ती पाण्डे(आस्था) को १९ औं स्मृति दिवस धादिङमा मनाइएको छ । सोमबार जनक्रान्तिका महान् शहिद तथा वेपत्ता परिवार समाज धादिङको आयोजनामा १९ औं स्मृति दिवस मनाइएको हो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्र बागमती प्रदेशका सचिवालय सदस्य राम बहादुर भण्डारीले निरन्तर क्रान्तीलाई अगाडि बढाउनको निम्ति थप बलिदानको आवश्यक रहेको बताउनु भएको छ । साथै शहिदहरुले गरेको बलिदानले ईतिहासले सुम्पिएकोे जिम्मेवारी पुरा गर्ने अभिभारा थपिएको पनि बताउनु भयो ।
कार्यक्रममा नीलकण्ठ नगरपालिकाका उपप्रमुख मनराज भण्डारीले शहिदहरुले देखेको सपनाहरु पुरा गर्नको निम्ति लागिरहेको बताउनुहुदै एक मुठ्ठी सास रहेसम्म निरन्तर रुपमा उत्पिडित वर्गको मुक्तिको निम्ति खातिर लागिरहनु अहिलेको आवश्यकता रहेको बताउनु भयो ।
त्यस्तै कार्यक्रममा जनयुद्धको समयमा आफ्नो श्रीमान् र छोरीले देशको लागि दिएको बलिदान र उनीहरुले देखेको सपनाहरु अझै पुरा हुन नसकेको शहिद अम्बिका बस्नेत(सरला) की आमा पदम कुमारी बस्नेतले बताउनु भयो ।
शहिद अम्बिका बस्नेत(सरला) की आमा पदम कुमारी बस्नेतको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका बागमती प्रदेशका सचिवालय सदस्य, जनक्रान्तिका सहिद तथा वेपत्ता परिवार समाज धादिङका अध्यक्ष एवं जिउदा सहिद राम बहादुर भण्डारीको प्रमुख आतिथ्यता तथा नेकपा माओवादी केन्द्र बागमती प्रदेश सदस्य एवं नीलकण्ठ नगरपालिकाका उपप्रमुख मनराज भण्डारीको विशेष आतिथ्यता रहेको थियो । यस्तै धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्र बहादुर खत्री, रेडियो बिहानीका स्टेशन म्यानेजर सञ्जय देवकोटा, योङ् कम्युनिष्ट लिग नेपालका सचिवालय सदस्य चन्द्र बहादुर सिलवाल लगायतको आतिथ्यता रहेको थियो ।
वि.सं. २०५८ साल चैत्र १६ गते पार्टी कामको शिलशिलामा जादै गर्दा नीलकण्ठ नगरपालिका वडा नं. ८ ज्यामिरेमा तत्कालीन शाही नेपाली सेनाले सरला, आस्था र आकाशलाई गोली हानी हत्या गरेको थियो ।
प्रतिक्रिया दिनुहोस