धादिङ १५ चैत्र
नीलकण्ठ नगरपालिका वडा नं. ६ सुनौलाबजारस्थिति धादिङ जिल्लाकै ऐतिहासिक भैरवी मन्दिर पुनःनिर्माणको क्रममा आइतबार पुरातात्विक काष्ठकलाले भरिएको ढोका र झ्याल सहयोग प्राप्त भएको छ ।
धादिङ जिल्ला नीलकण्ठ नगष्पाििलका वडा नं. ८ बस्ने गणेशकुण्ड फर्निचरका प्रोपाइटर गणेशकुमार श्रेष्ठ रु. ७ लाख ५० हजार बराबर मूल्य पर्ने एउटा ढोका र झ्याल सहयोग गर्नुभएको हो भने नीलकण्ठ नगरपालिका वडा नं. ५ स्थायी घर भएर हाल काठमाडौँ बसोबास गर्ने देवराज बज्राचार्यले ४ लाख ५० हजार मूल्य बराबरको एउटा ढोका सहयोग गर्नुभएको हो ।
आइतबार उक्त ढोका र झ्याल राख्ने कार्यक्रम सम्पन्न भएको भैरवी मन्दिर संरक्षण तथा पर्यटन विकास समितिका सदस्य राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । सहयोगी मनहरुलाई आयोजकले धन्यवाद व्यक्त गर्दै पुरातात्विक महत्तको भैरवी मन्दिर पुनः निर्माणका लागि सबैलाई आ आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह समेत गरिएको छ ।
प्रतिक्रिया दिनुहोस