धादिङ १४ चैत्र
एकीकृत अखिल नेपाल शिक्षक संगठन नीलकण्ठ नगरपालिका कमिटीको प्रथम नगर परिषद शनिबार सम्पन्न भएको छ । संगठनका नगर कमिटी अध्यक्ष जनार्दन नेपालको अध्यक्षतामा भएको परिषदमा नेकपा माओवादी केन्द्र बागमती प्रदेशका सचिवालय सदस्य राम बहादुर भण्डारीको प्रमुख आतिथ्यता, बागमती प्रदेश सदस्य सम्भु कुमार श्रेष्ठ, नीलकण्ठ नगरपालिकाका उप प्रमुख मनराज भण्डारीको विशेष आतिथ्यता, एकीकृत अखिल नेपाल शिक्षक संगठनका बागमती प्रदेश कमिटीका अध्यक्ष शंकर अधिकारी लगायतको आतिथ्यतामा परिषद सम्पन्न भएको हो ।
कार्यक्रमकै अवसरमा शैक्षिक सुधार र शिक्षामा निरन्तर योगदान गर्नुहुने सामुदायिक विद्यालयका शिक्षकहरुलाई सम्मान समेत गरिएको थियो । सम्मानित हुने शिक्षकहरुमा विकेन्द्र नारायण श्रेष्ठ, उदय सामरी, भेषराज नेपाल, सोमनाथ नेपाल, दिपक श्रेष्ठ, वद्रि प्रसाद रेग्मी रहनुभएको थियो । परिषदले पुनः जनार्दन नेपालकै अध्यक्षतामा नगरपाकिाका प्रत्येक वडालाई समेटिने गरेर १९ सदस्यीय कमिटी गठन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस