धादिङ १२ चैत्र
बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले छनौट गर्ने न्यूनतम सेवा मापदण्ड अनुसार धादिङ अस्पताल ७३ प्रतिशत सहित तेस्रो नम्बरमा परेको छ । ५० शैयाको अस्पतालका रुपमा सञ्चालित धादिङ अस्पतालले शुशासन, सरसफाइ, सपोर्ट सिस्टम लगायतका विभिन्न मापदण्डहरु पुरा गर्दै तेस्रो नम्बरमा परेको हो । प्रदेश भित्रका १३ वटै जिल्लाका अस्पतालहरुमध्ये ८८ प्रतिशत सहित त्रिशुली अस्पताल पहिलो र ८३ प्रतिशत सहित भक्तपुर अस्पताल दोस्रो नम्बरमा परेका छन् ।
अघिल्लो वर्ष १५ शैया क्षमताको अस्पतालका रुपमा हुँदा नेपाल प्रथम भएको धादिङ अस्पताल यो वर्ष मात्रै ५० शैयामा स्तरउन्नति भएको हो । निकट भविष्यमै ७५ शैया क्षमतामा विकास गर्न लागिएको बताउदै धादिङ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. त्रिभुवन चन्द झाले धादिङ अस्पतालमा न्युनतम सेवा मापदण्ड भन्दा बढी नै पुर्वाधारहरु रहेको बताउनु भयो ।
धादिङ अस्पतालबाट आइसियु, अक्सिजन प्लान्ट, स्वास्थ्य विमा कार्यक्रम, जिन एक्सपर्ट मेसिन लगायत थप सेवाहरु प्रदान हुदै आएका छन् । यस्तै भर्खरै ख श्रेणीको एम्बुलेन्स समेत सञ्चालनमा आइसकेको छ ।
न्युनतम स्वास्थ्य सेवा मापदण्डभित्र के के छन् ? भनेर हामीले धादिङ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. त्रिभुवन चन्द झालाई सोधेका थियौँ ।
सुनौ उहाँको आवाज
प्रतिक्रिया दिनुहोस