धादिङ १२ चैत्र
गाउँपालिकाभित्रका महिलाहरुको सीप र उत्पादनलाई वजारीकरण गरी आर्थिक अवस्थालाई सुधार गर्ने उद्देश्यका साथ गजुरी गाउँपालिकाले कोशेली घर निर्माण सुरु गरेको छ ।
बुधबार एक कार्यक्रमका बिच गाउँपालिका उपाध्यक्ष सीता ढुङ्गानाले कोशेली घरको शिलान्यास गर्नुभएको हो । कोशेली घर शिलान्यास गर्दै उपाध्यक्ष ढुङ्गानाले गाउँघरमा दिदीबहिनीहरुले उत्पादन गर्ने गुन्द्रुक, सिन्की, मह, लोकल घिउ, तामा, गाभा, च्याँख्ला, अदुवाको सुठो जस्ता अर्गानिक वस्तुहरुलाई घरमै सीमित नगरी व्यवस्थित रुपमा बजारीकरण गर्दै जिरो लगानीमा पैसामा परिणत गर्ने र महिलाहरुलाई आयआर्जनमा जोड्ने उद्देश्य रहेको बताउनु भयो ।
साथै स्थानीय स्तरमा खेर गैराखेका सीप र उत्पादनलाई राजमार्गको छेउमा कोसेली मार्फत बिक्री गरी राजमार्गमा हिड्ने ७० भन्दा बढी जिल्लामा गजुरीको कोसेली पठाइ महिलाहरुको आय आर्जनमा वृद्धि र गजुरी गाउँपालिकाको पहिचान देशैभर पु¥याउन पनि यो कोशेली घरले महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास रहेको उपाध्यक्ष ढुङ्गानाको भनाइ छ ।
गाउँपालिकाको ५ लाख लागतमा १ महिनाभित्रमा सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कार्य सुरु गरिएको हो ।
प्रतिक्रिया दिनुहोस