धादिङ ११ चैत्र
देशैभर कोरोना संक्रमणको जोखिम बढ्न थालेसँगै धादिङमा पनि सजगता अपनाउन थालिएको छ । बुधबार जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) धादिङको बैठकले जिल्लाभित्रका सबै स्थानीय तहमा रहेका क्वारेन्टिन र आइसोलेसन भवन तयारी अवस्थामा राख्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकालको अध्यक्षतामा बसेको बैठकले जिल्लामा सभा, सम्मेलन, भेला, जुलुस, महोत्सव, जमघट, गोष्ठी, सेमिनार, बैठक तथा भिडभाड हुने व्यवसाय र कार्यहरु नगर्न नगराउने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस