धादिङ ११ चैत्र
१३९ औँ विश्व क्षयरोग दिवस धादिङमा पनि मनाइएको छ । संकेत समयको, क्षयरोग अन्त्यको भन्ने मूल नाराका साथ धादिङमा त्रियाशील सञ्चारकर्मीहरुसँग अन्तरकृया कार्यक्रमको आयोजना गरिएको हो ।
बागमती प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय, हेटौँडाको आयोजनामा भएको कार्यक्रममा स्वास्थ्य निर्देशनालय कार्यक्रम शाखाका निर्देशक जयराम दुवाडीले नेपालमा क्षयरोगको अवस्था हालसम्म पनि चिन्ताजनक देखिएकाले यसको रोकथाम र नियन्त्रणका लागि मिडियाकर्मीहरुको महत्त्वपूर्ण भूमिका रहने बताउनु भयो ।
५० देखि ६० प्रतिशत नेपालीहरुमा अझै पनि शुशुप्त अवास्थामा क्षयरोगको लक्ष्यण देखिने तथ्यांकहरु सार्वजनिक भएको बताउदै नेपालमा प्रत्येक वर्ष ६ हजार मानिसहरु क्षयरोगका कारण मृत्यु हुने गरेको बताउनु भयो । एचआइभी, मधुमेह जस्ता नसर्ने खालका रोगहरुका बिरामी, जेलका कैदी, मध्यपान धुम्रपान गर्ने व्यक्तिहरु, अनियमित बसाईसराई, कुपोषण भएका व्यक्तिहरु, अल्पसंख्यक जनसंख्या, दुर्गम बस्तीका नागरिकहरुमा विशेष गरी क्षयरोगको समस्या देखिएको अध्ययनहरुले देखाएका छन् ।
धादिङ जिल्लामा ५४ ठाउँबाट धादिङमा निःशुल्क औषधी वितरण भैरहेका छन् । जिल्ला अस्पताल धादिङमा क्षयरोग परीक्षणका लागि जिन एक्स्पर्ट मेसिन समेत सञ्चालनमा आइसकेको छ । मास्कको नियमित प्रयोग, खोक्दा, हाच्छ्यु गर्दा मुख छोप्ने, सकेसम्म चाडै रोग पहिचान गरेर औषधी सेवन गर्ने, धुम्रपान मध्यपान नगरेमा क्षयरोग निवारण गर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस