धादिङ १० चैत्र
नीलकण्ठ नगरपालिका वडा नं. ६ सुनौला बजार धादिङमा रहेको नव युवा टोल सुधार समितिको भवन शिलान्यास गरिएको छ । प्रदेश सांसद विकास कोषबाट विनियोजित कुल रकम १५ लाखमा भवन निर्माण कार्य सुरु गर्न लागिएको हो र समितिका अध्यक्ष प्रदिप कुमार रम्तेलको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा बागमती प्रदेश सभा सदस्य डा. रामकुमार अधिकारीको प्रमुख आतिथ्यता तथा नीलकण्ठ नगरपालिकाका उपप्रमुख मनराज भण्डारीको विशेष आतिथ्यता रहेको थियो । यस्तै वडा अध्यक्ष उद्धव प्रसाद रिजाल, नेकपा माओवादी केन्द्र धादिङका जिल्ला कमिटी सदस्य लक्ष्मण रम्तेल लगायतको आतिथ्यता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस