धादिङ १० चैत्र
धादिङको नेत्रावती डबजोङ गाउँपालिका कार्यालय सेमजोङ धादिङमा मानसिक स्वास्थ्य समस्या सम्बन्धी अभिमूखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
विषयवस्तुबारे जानकारी गराउँदै ICDC Nepal धादिङका कार्यक्रम व्यवस्थापक विनादे रिजाल
सामाजिक विकास मन्त्रालय, बागमती प्रदेशको सहयोग तथा एकीकृत सामुदायिक विकास समाज ICDC Nepal धादिङको आयोजनामा सम्पन्न कार्यक्रममा गाउँपालिकाभित्रका सम्पूर्ण वडा अध्यक्ष तथा प्रतिनिधिहरु, स्वास्थ्य संस्थाका प्रमुख एवं प्रतिनिधिहरु, विषयगत शाखाका प्रमुख एवं प्रतिनिधिहरु, विभिन्न माध्यमिक विद्यालयका पधानाध्यापक एवं प्रतिनिधिहरु, प्रहरी लगायतको सहभागिता रहेको थियो । ICDC Nepal का कार्यक्रम व्यवस्थापक विनोद रिजालको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य संयोजक कृष्ण बहादुर पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।
विषयवस्तुबारे जानकारी गराउँदै नेत्रावती डबजोङ धादिङका स्वास्थ्य संयोजक कृष्ण बहादुर पौडेल
कार्यक्रममा मनोविमर्शकता राजन दुवाडी र नेत्रावती डबजोङ गाउँपालिकाका स्वास्थ्य संयोजक कृष्ण बहादुर पौडेलले सहभागीहरुलाई मनोसामाजिक समस्या र मानसिक रोगहरु(उदाशिनता, छारेरोग, रुपान्तरित विकार, आत्महत्या, मनोविकृति, मध्यपान सम्बन्धी समस्या र आघातजन्य घटना पश्चातको तनावपूर्ण अवस्था आदिका बारेमा छलफल गराउनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस