धादिङ,०९ चैत ।
५६ औं अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको अवसरमा धादिङबेशीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । “जातीवाद विरुद्ध युवा” “जातीय हिंसा र छुवाछुत विरुद्ध “हामी ”भन्ने मुल नाराका साथ ५६ औं अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवस मनाईएको हो ।
आईतबार उक्त कार्यक्रममा धादिङका कयौं दलित समुदायका नागरिकहरुको उल्लेख्य सहभागिता रहेको थियो । बिहान धादिङबेशीको पुच्छारबजार बाट र्याली पनि निकालिएको थियो । उक्त र्यालीमा सहभागिहरुले समानुपातिक समावेशीकरण कार्यान्वयन गर, जातिय भेदभाव सामाजिक हिंसा हो, सामाजिक सद्भाव र आपसी सम्मान समयको माग हो र बगैंचामा थरीथरी फुल फुलेझै हराभरा । जातियता,विविधता हामी सबै बराबर लगाएतका प्लेकार्ड समेत बोकेका थिए ।
यसरी जातीय विभेद उन्मुलन दिवस मनाईरहदा के तपाई हाम्रो समाज र समुदायमा जातीय विभेद कम भएको छ त ? भनेर सोधेका छौं सुनौ उहाँहरुको भनाई ।
दलित समुदायका युवाहरुको आवाज ।
प्रतिक्रिया दिनुहोस