धादिङ, ०८, चैत्र
५६ औं अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको अवसरमा धादिङबेशीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । “जातीवाद विरुद्ध युवा” “जातीय हिंसा र छुवाछुत विरुद्ध “हामी ”भन्ने मूल नाराका आयोजित अन्तरकृयामा जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालले दलित समुदायहरु एक ढिक्का भई आफ्नो अधिकारको निम्ति लड्न आग्रह गर्नुभयो ।
यस्तै नीलकण्ठ नगरपालिकाका उपमेयर मनराज भण्डारीले नीकलण्ठ माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत दलित विद्यार्थीहरुले निःशुल्क शिक्षाको माग गर्दै गरेको आन्दोलन जायज भएको बताउनु भएको छ ।
यस्तै नेपाल दलित संघका पूर्व केन्द्रीय सदस्य गोपाल विश्वकर्माले संविधानमा लेखिएको सेवा सुविधा अझै पनि दलित समुदायले पाउन नसकेको बताउदै आफ्नो अधिकार प्राप्तीको लागि दलित समुदायले संघर्ष गर्न जरुरी रहेको बताउनु भयो ।
दलित नेता दिपक विश्वकर्माले दलितहरु राजनैतिक दलका कार्यकर्ता मात्र नभइ दलित उत्थानको लागि अर्गमोर्चामा आउनुपर्ने बताउनु भयो । दिवसकै अवसरमा धादिङबेशी पुच्छार बजारबाट ¥याली पनि निकालिएको थियो ।
प्रतिक्रिया दिनुहोस