धादिङ, ०८, चैत्र
नीलकण्ठ माध्यमिक विद्यालयमा कक्षा १२ सम्मको पढाइ निःशुल्क गर्न माग गर्दैै नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुङगानालाई १२ बुँदे माग सहित ज्ञापन पत्र बुझाइएको छ ।
संविधानमा लेखिएको दलित समुदायको अधिकार कार्यन्वयन र स्थानीय सरकार मार्फत दलित समुदायको अधिकार एवं विकासलाई संबोधन गर्नका लागि नगर प्रमुख ढुङ्गानालाई ज्ञापन पत्र बुझाइएको हो ।
विज्ञप्तीमा दलित विद्यार्थीहरुलाई निःशुल्क शिक्षाका साथै दलित समुदायद्धारा सञ्चालित उद्योग कलकारखानालाई प्रोत्साहन गर्न निःशुल्क दर्तासहित विशेष अनुदानको व्यवस्था गर्न समेत माग गरिएको छ ।
ज्ञापन पत्र बुझ्दै मेयर ढुङ्गानाले कार्यपालिका बैठकमा छलफल गर्ने बताउनु भयो । विगत केही दिनबाट दलित विद्यार्थीहरुले निःशुल्क शिक्षाको माग गर्दै नीलकण्ठ माध्यमिक विद्यालयमा आन्दोलन गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस