कपिल जम्कट्टेल
जेष्ठ १९
सुनगाभा एकेडेमीमा नियमित रुपमा हरेक हप्ताको शुक्रबार क्रिक रिसोर्टसँगको सहकार्यमा सञ्चालन हुँदै आएको पौडी कक्षा मौसमको खराबीका कारण आइतबार सम्पन्न भएको छ । छात्र र छात्राहरुलाई छुट्टा छुट्टै रुपमा विभाजन गरी सञ्चालन गरिएको पौडी कक्षामा कक्षा दुई देखि कक्षा ९ सम्मका ६३ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । विद्यार्थीहरुलाई पौडी खेल्ने तरिका, यसबाट हुने फाइदाहरुका बारेमा समेत जानकारी दिई प्रयोगात्मक रुपमै कक्षा सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक वद्रि लम्सालले बताउनु भयो । पढाइका साथसाथै विभिन्न अतिरिक्त कृयाकलापहरु सञ्चालन गर्दै आएको सुनगाभा एकेडेमीले निकट भविष्यमै नृत्य कक्षा समेत सञ्चालन गरिने प्रधानाध्यापक लम्सालले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस