धादिङ, ०८, चैत्र
नीलकण्ठ नगरपालिकाका उपप्रमुख मनराज भण्डारीले नीकलण्ठ माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत दलित विद्यार्थीहरुले निःशुल्क शिक्षाको माग गर्दै गरेको आन्दोलन जायज भएको बताउनु भएको छ ।
दलित विद्यार्थीहरुको माग संबोधनका लागि नीलकण्ठ नगरपालिकाले सक्दो सहयोग गर्ने बताउँदै उपमेयर ढुङ्गानाले अधिकार प्राप्तिका लागि सहज तरिकाले अधिकार प्राप्त नभए बिरोध र आन्दोलनका कार्यक्रम पनि गर्नुपर्ने बताउनु भयो ।
विगत केही दिनबाट दलित विद्यार्थीहरुले निःशुल्क शिक्षाको माग गर्दै नीलकण्ठ माध्यमिक विद्यालयमा आन्दोलन गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस