धादिङ,०७ चैत ।
धादिङको बेनीघाट रोराङमा आधारभुत खेलकुद प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । शनिबार बेनीघाट रोराङ गाउँपालिकाले खेलकुद शिक्षकहरु र वडास्तरीय खेलकुद विकास समितिका संयोजकहरुलाई तीन दिने आधारभुत खेलकुद प्रशिक्षण दिएको हो ।चैत्र ५ गते देखि सुरुभएको उक्त तालिममा राष्ट्रिय खेलकुद परिषदका खेल प्रशिक्षक जगत टमाटा, लक्ष्मण मल्ल, देबराज घलान, दिपेश कडेल, सन्दिप थापा, सुमन रावलले सहजिकरण गर्नु भएको थियो । समापन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि) ले क्रिकेट प्रमुख प्रशिक्षक जगत टमाटाले समेत बेनीघाट रोराङमा आएर खेलकुद प्रशिक्षण दिनु भएको मा आभार व्यक्त गर्नु भएको थियो । साथै बेनीघाट रोराङले खेलकुदका पुर्वधार विकास सँगै खेल प्रशिक्षक र खेलाडी प्रोत्साहनका कार्यक्रमहरुलाई प्रथामिकतामा राखेको र यो तालिमले खेलकुद विकासमा ठुलो योगदान पुग्ने आशा गरेको समेत डल्लाकोटीले बताउनु भएको थियो । तालिमलाई क्रिकेट विधामा जगत टमाटा, फुटबल विधामा सुमन रावल, खेलकुदको महत्व तथा शारीरिक व्यायम विधामा लक्ष्मण मल्ल, भलिबल विधामा सन्दिप थापामगर, एथ्लेटिक्स र टाईशिट वा फिक्सर तर्फ देवराज घलानले सहजिकरण गरेका थिए । त्यस्तै उक्त समापन कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताव सि तामाङले खेलकुद क्षेत्रको विकासको निम्ति यस्ता कार्यक्रमहरुलाई बढि प्राथमिकता दिनुपर्ने बताउनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस