धादिङ,०७ चैत ।
सामुदायिक अग्नि जोखिम न्यूनीकरण तालिम धादिङबेशीमा सम्पन्न भएको छ । चैत १ गतेदेखि सुरु भएको उक्त तालिम बिहिबार सम्पन्न भएको हो । समापन कार्यक्रमलाई सम्बोधन गर्दै नीलकण्ठ नगरपालिकाका उपप्रमुख मनराज भणडारीले तालिम धादिङमै पहिलोपटक गरिएको र तालिमले अग्नि जोखिम न्यूनीकरणको निम्ति धेरै मद्दत पुग्ने बताउनु भएको थियो । साथै नगरपालिका क्षेत्रको कुनै पनि स्थानमा आग्लागी भईहालेमा नगरपालिकाले तत्काल उद्धार गर्ने बताउनु भएको थियो । फायर एण्ड ईमर्जेन्सी सर्भिसेज म्यानेजमेन्ट ईन्स्टिच्युट प्रा.लि. को आयोजना नीलकण्ठ गरपालिका र तयार नेपाल परियोजना (USAID) को सहयोगमा सम्पन्न भएको तालीममा २८ जनाको सहभागीता रहेको थियो । आगलागी हुँदा कसरी सुरक्षा अपनाउने भन्ने बारेमा प्रशिक्षक प्रकाश श्रेष्ठ, रमतकाजी महर्जन, आरधना श्रेष्ठ, नरेशराज कुवर र सुधा रिमालले सहभागीहरुलाई जानकारी गराउनु भएको थियो । फायर एण्ड ईमर्जेन्सी सर्भिसेज म्यानेजमेन्ट ईन्स्टिच्युट प्रा.लिका संस्थापक आरधना श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नीलकण्ठ नगरपालिकाका उपप्रमुख मनराज भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । साथै सुरक्षित नेपालको लागि क्षमता अभिवृद्धि तालीममा सिकेका कुराहरू आफ्नो व्यबहारमा पनि लागु गर्ने सहभागीहरुले प्रतिबद्धता गरेका थिए ।
प्रतिक्रिया दिनुहोस