धादिङ ०६ चैत्र
सल्यानटार धादिङमा गत फागुन १७ गते डोजरको ठक्करबाट घाइते महिलालाई जिउदै खाल्टोमा पुरेर फरार रहेका डोजर चालक भिम बहादुर बुढाथोकी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबीले उनलाई कञ्चनपुरस्थित नेपाल–भारत सीमा क्षेत्रको गड्डाचौकीबाट भारत तर्फ भाग्दै गर्दा पक्राउ गरेको हो । उनी घटना लगतै भारतको हरिद्धार क्षेत्रमा लुकेर बसेको अनुसन्धानको क्रममा पुष्टी भएको छ । शुक्रबार दिउँसो २ बजे ब्युरोले पत्रकार सम्मेलन गरी पक्राउ परेका चालक बुढाथोकीलाई सार्वजनिक गरेको हो । उनलाई धादिङ बुझाएर ज्यान सम्बन्धी कसूरमा विस्तृत अनुसन्धान हुने प्रहरीले जनाएको छ । त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. १ खोल्सीमा सडक निर्माणको क्रममा स्थानीय ४५ वर्षीय सरस्वती कुमाललाई स्काभेटरले ठक्कर दिएर घाइते बनाएको थियो । घाइते कुमाललाई स्काभेटर चालक रहेका बुढाथोकीले जिउदै खाडलमा पुरेका थिए ।
प्रतिक्रिया दिनुहोस