मकवानपुरगढी
चैत्र, ०५
बागमती प्रदेशभित्रका सञ्चारकर्मीहरुका लागि मल्टिमिडिया तथा अनलाइन पत्रकारिता तालिम मकवानपुरगढीमा सुरु भएको छ । प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय बागमती प्रदेश, हेटौँडाको आयोजना तथा सञ्चार रजिष्टारको कार्यालय बागमती प्रदेश, हेटौँडाको समन्वयमा बिहिबारबाट सुरु भएको तालिम ९ गते समापन हुनेछ । तालिमको उद्घाटन गर्दै बागमती प्रदेशका प्रमुख सचिव मान बहादुर बि.के. ले आफू पनि सुरुवाती अवस्थामा पत्रकारिताको क्षेत्रमा केही समय काम गरेकाले पत्रकारहरुको समस्या, अवस्था, जटिलता र आवश्यकताहरु बुझेको बताउँदै बदलिदो परिवेशलाई बुझेर पर्दा पछाडिका खोजमूलक समाचार संकलन गरी सम्प्रेशण गर्नुपर्ने बताउनु भयो । प्रमुख सचिव वि.के. ले पछिल्लो समय प्रत्रकारिता क्षेत्रमा धेरै नै विकृति विसंगति बढ्दै गएकाले तथ्यमा आधारित भएर खोज मूलक समाचार संकलनतर्फ सञ्चारकर्मीहरुको ध्यान जानुपर्ने बताउनु भयो ।
तालिमको बारेमा थप जानकारी दिदै बागमती प्रदेशका सञ्चार रजिष्टार रेवती प्रसाद सापकोटाले देश संघीयतामा गइसकेपछि बागमती प्रदेशमा मात्र सञ्चार रजिष्टारको कार्यालय स्थापना भएको र प्रदेश भित्रका सञ्चारगृहहरुको नियमन, अनुगमन तथा सञ्चारकर्मीहरुको क्षमता विकासमा उल्लेख्य काम गर्दै गएको बताउनु भयो ।
यस्तै नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष प्रताप विष्टले सञ्चारकर्मीेले नागरिकहरुको आवाज बुलन्द गर्नुपर्ने बताउदै आफ्नो क्षमता विकास गर्दै गएमा पत्रकारिता क्षेत्रमा उल्लेख्य संभावना रहेको बताउनु भयो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय, बागमती प्रदेशका सचिव मदन भुजेलको अध्यक्षता रहेको ५ दिने मल्टिमिडिया तथा अनलाइन पत्रकारिता तालिममा बागमती प्रदेशका प्रमुख सचिव नर बहादुर वि.के.को प्रमुख आतिथ्यता रहेको थियो भने प्रदेश सञ्चार रजिष्टार रेवती प्रसाद सापकोटा, नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष प्रताप विष्ट, तालिमका प्रशिक्षकहरु उमेश श्रेष्ठ, प्रवेश सुवेदी लगायतको आतिथ्यता रहेको थियो । तालिममा बागमती प्रदेशका ११ जिल्लाका २० जना सञ्चारकर्मीहरुको सहभागिता रहेको छ ।
नेपाल फ्याक्ट चेकका संपादक रहनुभएका उमेश श्रेष्ठ र लामो समय अनलाइन पत्रकारिता क्षेत्रमा योगदान गर्नुभएको प्रवेश सुवेदीले प्रशिक्षार्थीहरुलाई अनलाइन पत्रकारिताका प्राविधिक पक्षहरु, फोटो संपादन, समाचारका शीर्षकहरुलाई कसरी आकर्षक बनाउने, समाचारका विषयवस्तुहरु कसरी रोचक र पठनीय बनाउने लगायतका विषयमा प्रशिक्षण दिनु हुनेछ ।
प्रतिक्रिया दिनुहोस