जेठ १९, धादिङ
किसानहरुले लगाएको अन्नबालीमा प्रयोग गर्ने बेला भएपछि वर्षेनी देशैभर रासायनिक मलको हाहाकार हुने गरेको छ । यो वर्ष पनि धादिङ लगायत देशैभर मल अभाव भएको छ । किसानहरुले मल अभाव भयो भनेर विभिन्न समयमा आवाज उठाएता पनि सम्बन्धित निकायले तदारुकता नदेखाएको र बारम्बार मल अभाव खेप्न परेको भन्दै आज धादिङका किसानहरुले जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् । रासायनिक मल लिनका लागि २÷३ दिन अघिदेखि सदरमुकाममा बस्दा पनि मल नपाएको भन्दै किसानहरुले गुनासो गरेका छन् । यता व्यापारीहरु भने जिल्लामा मलको माग धेरै आएको तर माग अनुसारको आपुर्ति गराउन नसक्दा समस्या भएको बताउँछन् ।
नाराबाजी गर्दै प्रशासनको मुख्य गेट अगाडि पुगेका पाचँ सय भन्दा बढी किसानहरुले मलको आपुर्ति गर्न नसकेको भन्दै सरकारको आलोचना र कृषि मन्त्रीमा राजीनामा समेत माग गरेका छन् । बजारमा मलको अभाव भए पछि लगाएको खाद्यन्न तथा तरकारी बालीमा मल हाल्न नपाएको किसानहरुले बताएका छन् । सहुलियत दरमा रासायनिक मल वितरण गर्दै आएको नीलकण्ठ सहमारी संस्था अगाडि दिनहुँ जसो रासायनिक मलका लागि सयौँको सङ्ख्यामा किसानहरुको भिड लाग्ने गरेको छ । सहकारीमा थोरै मल आउने र माग धेरै हुने भएकाले किसानहरुको आवश्यकतालाई पुरा गर्न नसकिएको सहकारीका अध्यक्ष बलराम श्रेष्ठले बताउनु भयो
प्रतिक्रिया दिनुहोस