धादिङ ०३ चैत्र
धादिङको सुनगाभा एकेडेमीमा चैत १ गते्देखि सुरु भएको खेलकुद कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मूल नाराका उक्त कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा टेबलटेनिस, लुडो, बास्केट बल लगायतका खेलहरु समावेश गराइएको विद्यालयका शिक्षक कपिल जम्कट्टेलले जानकारी दिनुभयो । खेलकुदमा विजेता हुने विद्यार्थीहरुलाई मंगलबार एक कार्यक्तमको आयोजना गरी पुरस्कृत गरिएको थियो भने सहभागि अभिभावकहरुलाई समेत खेल खेलाईएको थियो । अभिभावकहरुको तातो आलु प्रतियोगितामा एलिसा सेन्चुरी प्रथम, सुनमाया गुरुङ द्धितीय र सारदा लम्साल तृतीय हुनुभएको छ । त्यस्तै गरी शिक्षकहरुको म्युजिकल चियर प्रतियोगितामा सन्तोष मगर प्रथम, कपिल जम्कट्टेल द्धितीय र पुरुशोत्तम राना तृतीय हुनु भएको शिक्षक कपिल जम्कट्टेलले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस